आइतबार, वैशाख ७, २०८२

आजको मौसमः तराईमा बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपात

नेपालखोज २०७७ माघ २० गते ८:५९

काठमाडौं । आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भू-भागमा बाक्लो हुस्सु लागेको छ ।

आज दिउँसो र राति प्रदेश- १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ ।

त्यसैगरी, राति प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया