युवतीसहित चारजना लागूऔषध कारोवारी पक्राउ

नेपालखोज २०७७ माघ २१ गते ११:१५

काठमाडौं । एक युवतीसहित चार जना लागूऔषध पोल्यान्डसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मंगलबार काठमाडौं महानरपालिका गौरिघाटको बिभिन्न स्थानमा लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड खटीएको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

प्रवक्ता बस्नेतका अनुसार पक्राउ पर्नेहरुमा मोरङको उर्लावारी घर भई काठमाडाैंकाे गौरिघाट बस्ने बर्ष ४० को अम्मर बर्देवा, धादिङको गल्छी ‍घर भई काठमाडाैं सतुङगलमा बस्ने बर्ष ३१ को राजु अधिकारी, सिन्धुलीको बेलवारी घर भई हाल काठमाडाैं महाराजगंज बस्ने बर्ष २३ कि सबिना कार्की र मकवानपुर घर भई काठमाडाैं थानकोटमा बस्ने बर्ष ४२ को कालु गोले रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध पोल्यान्ड अन्दाजी ३ के.जि, नगद २० हजार २ सय ५० रुपैयाँ, एक थान मोटरसाईकल र पाँच थान मोवाईल बरामद गरिएको हो । पक्राउ परेका चारै जनामाथि महानगरी प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जानकारी दिएको छ ।

प्रतिक्रिया