शनिबार, वैशाख १३, २०८२

तास खेलिरहेको अवस्थामा सिनामंगलबाट १२ जना पक्राउ

नेपालखोज २०७७ माघ २१ गते १३:३१

काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरेसहित १२ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार एक सय १० रूपैयाँ र तीन बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया