सातदाेबाटाे चोकमा प्रचण्डको नारावाजी, फागुनदेखि संयुक्त आन्दोलन

नेपालखोज २०७७ माघ २२ गते १०:०७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।

बिहीबार बिहान आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा सातदाेबाटाे चोकमा पुगेर नारावाजी गरेका प्रचण्डले सो कुरा बताएका हुन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज (बिहीबार) प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरेको हो ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।

‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो,’ उनले भने–‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’

यो पनि

प्रचण्ड–नेपाल समूहको आमहड्ताल : यस्तो छ भक्तपुरको पछिल्लो अवस्था

प्रचण्ड–माधव समूहको नेपाल बन्दको प्रभाव (फोटोफिचर)

प्रतिक्रिया