आइतबार, जेठ ६, २०८१

सुन्दरी नायिका करिश्मालाई जन्मदिनको शुभकामना

नेपालखोज २०७७ माघ २२ गते १५:२८

काठमाडौं । नेपाली चलचित्रकी सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धरको आज जन्मदिन । नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् । करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । नायिका मानन्धरले अभिनय गरेको पहिलो चलचित्र ‘सन्तान’ हो ।

वि।सं २०४२ सालमा निर्माण भएको यो चलचित्रमा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनले अभिनय गरेका ‘मायालु, कस्तुरी, ट्रक ड्राइभर, भाउजु, साथी, एक नम्बरको पाखे, बसन्ती, ढुकढुकी, पन्छी, जिद्दी, जिन्दगी’ लगायतका चलचित्र चर्चामा रहे । करिश्माले निर्माण गरेको चलचित्र ‘ढुकढुकी’ले दर्शकको मन जित्यो । तर, चलचित्र ‘बाबुसाहेब’मा घाटा ब्यहोरेपछि भने करिश्मा अमेरिकातर्फ लागेकी थिइन् ।

अमेरिकामा ९ बर्ष भन्दा बढी बसेर नेपाल फर्किए पछि करिश्माले राजनीतिक जीवन पनि अगाडि बढाइन् । तर, उनको राजनीतिक यात्रा भने सुखद हुन सकेन । उनी, आफ्नो अधुरो पढाई पुरा गर्न पनि अगाडि सरेकी छिन् । ४७ बर्षको उमेरमा पनि आफ्नो सुन्दरताको जादु छर्न सफल करिश्माको क्रेज आज पनि उस्तै छ ।

प्रतिक्रिया