संसारकै पहिलो उड्ने रेसकार
नेपालखोज
२०७७ माघ २२ गते १५:५७

एजेन्सी । संसारको पहिलो उड्ने रेसकारको उद्घाटन गरिएको छ ।
त्यस कारको उच्चतम गति १२० किलोमिटर प्रतिघन्टा रहेको छ । सन् २०२१ को अन्त्यसम्ममा यसलाई एक प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ ।
एयरस्पीडर नाम दिइएको यो कारलाई रिमोट पाइलटले उडाउनेछन् । ठाडो गरी टेक अफ र अवतरण गर्न सक्ने यसका निर्माता अलाउदा एरोनटिक्सले बताएको छ ।
यो उड्ने कार विगत तीन वर्षदेखि बनाइँदै आएको बताइएको थियो । यसले स्वच्छ वायु उडान गतिको क्रान्तिलाई अघि बढाउनेसमेत आँकलन गरिएको छ ।
दक्षिण अस्ट्रेलियामा रहेको अलाउदा एरोनटिक्स कम्पनीले यही वर्षभित्र १० वटा यस्तै वाहन तयार पार्ने लक्ष्य लिएको पनि विभिन्न समाचारहरुमा बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया