२४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु
नेपालखोज
२०७७ माघ २२ गते १६:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।
हाल देशभर २ हजार २ सय ७७ सय जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया