कंगनालाई ट्विटरले गर्यो कारबाही, यस्तो छ करण
नेपालखोज
२०७७ माघ २२ गते १७:१९
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई ट्विटरले कारबाही गरेको छ । कंगनाका केही ट्विटलाई ट्विटरले हटाएको छ ।
अमेरिकी गायिका रिहान्नाले किसान आन्दोलनको समर्थनमा गरेको ट्विटको कंगनाले विरोध गरेर ट्विट गरेकी थिइन् । कंगनाले नियम उल्लंघन गरेर ट्विट गरेको त्यसलाई हटाएको ट्विटरले बताएको छ ।
यसबारे ट्विटरका प्रवक्ताले भनेका छन्, ‘हामीले ट्विटमाथि एक्सन लिएका छौँ, जसले ट्विटरको नियमको उल्लंघन गरेको थियो ।’ कंगनाले रोहित शर्मा र अन्य क्रिकेटरबारे गरेको विवादित ट्विट पनि ट्विटरले हटाएको छ ।
सम्बन्धित
प्रतिक्रिया