शनिबार, जेठ ५, २०८१

प्रीति जिन्टा किन फिल्ममा देखिन्नन् त ?

नेपालखोज २०७७ माघ २३ गते १०:४५

एजेन्सी । अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट टाढा छिन् । बलिउडमा फिल्म राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एकसमय उनलाई फिल्मको पर्दामा देख्न मानिस तछाँड मछाँड समेत गर्दथे । तर उनी अहिले भने फिल्ममा कमै मात्र देखिने गर्दछिन् ।

अहिले प्रीतिका फ्यानले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? धेरैको मनमा यहि प्रश्नले डेरा जमाएको छ ।

यस प्रश्नको जवाफ प्रीतिले एक वेबसाइटको अन्तवार्तामा दिएकी छन् । उनले मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो । म आफुलाई बेच्नु छैन । फिल्म दुनियामा चर्चामा रहन आफुले स्पेश किनेको देख्न नसकिन प्रीतिले म जुन काम गर्छु । त्यसैबाट आफु चर्चामा रहन चाहने समेत बताएकी छन् ।

बलिउडमा कयौ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म दिल सेको सानो भुमिकामा देखिएकी थिइन् । यसपछि उनी शेखर कपुरको फिल्म तारा रम पममा देखिने चर्चा थियो । तर त्यो फिल्मबाट उनलाई हटाइयो ।

प्रीतिका सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका बलिउडमा थुप्रै हिट फिल्म छन् ।


हाल भने उनी फिल्ममा देखिन चाँहँदिनन् ।

प्रतिक्रिया