आइतबार, जेठ ६, २०८१

कोरोनाबाट अमेरिकामा दुई हप्तामा ४० हजार बढीको मृत्यु

नेपालखोज २०७७ माघ २३ गते ११:३५

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुई हप्तामै ४० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । यसै क्रममा हरेक दिन ३ हजारको दरले मृत्यु भएको छ ।

द गार्डियनको एक रिपोर्टका अनुसार यसको कारण मानिसहरु लापरवाही भएको र एके स्थानमा भेला हुने गरेको बताइएको छ । तर पनि संक्रमणको दर भने यस बीचमा कम भएको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ६६ हजार ९८८ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ७३ हजार ८९० जनालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया