ट्रकले स्कुटरलाई ठक्कर दिँदा मोरङमा एकको मृत्यु
नेपालखोज
२०७७ माघ २४ गते ११:४५

विराटनगर । मोरङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–७ मा मिनि ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको हो ।
शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जादैँ गरेको प्र २–०३–००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्ने क्रममा रहेको प्र १–०२–०४० प ७६६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक लिम्बुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।
प्रहरीले ट्रक चालक बेलबारी नगरपालिकाका ३७ वर्षीय शिवराज दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया