कांग्रेसका शुभेच्छुक संस्थाको विरोध प्रदर्शन

नेपालखोज २०७७ माघ २४ गते १४:०८

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार काठमाडौंमा विरोधमा प्रदर्शन गरेका छन् । शनिबार संसद् विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाले टूँडिखेल र भद्रकालीमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘विधिको शासन कायम गर, पेशाकर्मीलाई बनाइयो आहत, महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, मानवअधिकारको रक्षा गर, पेशाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार’ लेखेका प्लेकार्ड बोकेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भ्रातृ तथा शुभेच्छुक संस्थाका साथै कांग्रेस पनि आन्दोलित छ ।

प्रतिक्रिया