अमेरिकी पूर्वराष्ट्रपति ओबामा दम्पतीले तेन्जिङ शेर्पामा चलचित्र बनाउने
नेपालखोज
२०७७ माघ २४ गते १९:५०
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने भएका छन्।
ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
चलचित्र एड डग्लसले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ को आधारमा बनाइने हायर ग्राउण्ड प्रोडक्सन्सले जनाएको छ ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया