हिउँ जमेपछि त्रिभुवन राजपथ सडकखण्ड
नेपालखोज
२०७७ माघ २५ गते १०:१६

हेटौंडा । हिउँ परेकाले त्रिभुवन राजपथको मकवानपुरको भीमफेदी गाउँपालिका–९ गोलमोडदेखि थाहा नगरपालिका –४ दामनसम्मको सडक अवरुद्ध भएको छ ।
शनिबार बेलुका मकवानपुरको सबैभन्दा उच्च स्थानमा रहेको सिमभन्ज्याङ क्षेत्रमा हिउँ परेकाले सडक अवरुद्ध भएको हो ।
सडकमा हिउँ जमेकाले यस क्षेत्रका सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
त्यस्तै शनिबार बेलुका उक्त क्षेत्रमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका थिए ।
हिउँ पग्लेपछिमात्र सवारी साधनहरु आउजाउ गर्न सक्छन् ।
सम्बन्धित

प्रतिक्रिया