उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस
नेपालखोज
२०७७ माघ २५ गते १२:१४

काठमाडौं । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ ।
शनिबार पानी परेपछि उपत्यकाको न्यूनतम तापक्रा घटेको हो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो भने आइतबार बिहान १ डिग्री सेल्सियस मापन भएको हो ।
आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बाक्लो तुषारो पनि परेको छ ।
बिहानको तापक्रम घटे पनि दिउँसो भने घाम लाग्ने महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यले आज देशभरि घाम लाग्ने बताइन् ।
बिहीबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो भने देशका अधिकांश भागमा पानी परेको थियो ।
सम्बन्धित

प्रतिक्रिया