आइतबार, जेठ ५, २०८२

न्युरोडमा हड्डीको अवैध कारोवार, चितुुवाको टाउको सहित समातिए तीन जना कारोवारीहरु

नेपालखोज २०७७ माघ २५ गते १५:३५


काठमाडौं । राजधानीको अतिव्यस्त ठाउँ न्युरोडमा चितुुवाको हड्डीको अवैध कारोवार गर्नेहरु समातिएका छन् ।

sujan thing

महानगरीय अपराध महाशाखा मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार लमजुङको दुधपोखरी घर भएका २३ बर्षिष सन्तोष आलेमगर, काभ्रेको रोशी घर भएका २० बर्षिय सुजन थिङ र काभ्रे कै रोशी गाउँपालिका घर घएका १९ बर्षिय मिङमार मोक्तान चितुवाको टाउको सहित समातिएका हुुन् ।

santosh ale magar


काठमाण्डौंमा संरक्षित वन्यजन्तु चितुवाको दाह्रा सहित टाउकोको भाग कारोवार गर्न मानिसहरू हिंडिरहेको भन्ने सूचनाको आधारमा यही माघ २३ गते काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका २२, सुन्धारा स्थित काठमाण्डौ मल अगाडीबाट अपराध महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा यि व्यक्तिहरु पक्राउ परेका हुुन, प्रवक्ता कार्कीले भने । पक्राउ परेकाहरुको खानतलासी गर्दा संरक्षित चितुवाकोदाह्रा सहितको टाउकोको भाग एक थान बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडीरहेको बेलामा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले भने ।

mingmar moktan


पक्राउ परेका तिनै व्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका डिभिजन वन कार्यालय, हात्तीसार पठाएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया