तयारी पोशाक व्यवसायीलाई सहुलियत कर्जाका लागि मेगा क्यापिटलले सहजीकरण गर्ने
काठमाडौं । तयारी पोशाक व्यवसायीले सहज रुपमा सहुलियतपूर्ण कर्जा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक परामर्श सेवा उपलब्ध गराउन सम्झौता भएको छ । उक्त सम्झौतामा मेगा बैंक नेपालबाट प्रमुख, साना तथा मझौला कर्जाबाट जनक भट्टराई, मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ तथा नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा मेगा क्यापिटल मार्केट्सले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अनि आवश्यकता अनुसार वित्तीय सल्लाह, बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।
यो सहकार्यले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्ने साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया