जसपा अध्यक्ष ठाकुर नयाँ दिल्लीमा

नेपालखोज २०७७ माघ २६ गते १३:१२

जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

जितेन्द्र सोनलले जानकारी दिए अनुसार नियमित उपचारका लागि अध्यक्ष ठाकुर नयाँदिल्ली गएका गएका हुन् ।

ठाकुर नियमित उपचारका लागि नयाँ दिल्ली गएको भनिए पनि राजनैतिक वृत्तमा त्यसलाई फरक हिसाबले हेरिएको छ ।

स्रोतका अनुसार जसपा कार्यकारिणी सदस्य राजकिशोर यादवसमेत ठाकुरसँग भारत गएका छन् ।

ठाकुर दिल्ली जानुलाई राजनैतिक विश्लेषकहरुले चाँहि निकै अर्थपूर्णरुपमा अर्थ्याएका छन् ।

प्रतिक्रिया