नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित
नेपालखोज
२०७७ माघ २७ गते ११:५३
काठमाडौं । आगामी चैत्रमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसिसी विश्वकप लिग-२ को खेल स्थगित भएको छ ।
नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम रहेको थियो । जसको लागि नेपालका तीन दिन देखि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । तर ओमानमा ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । क्यान स्रोतका अनुसार ओमानले ७ दिनको क्वारेन्टाइन खर्च आइसिसीलाई तिर्न प्रस्ताब गर्दै आएको थियो ।
आइसिसीले उक्त भार नबेहोर्ने जनाएको हुँदा सिरिज स्थगित भएको अनुमान छ । तर ओमान र आइसिसीले भने यस विषयमा कुनैपनि औपचारिक रुपमा क्यानलाई जानकारी नगराएको क्यान स्रोतले जनाएको छ । अमेरिकाले ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण रद्द गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया