गंगामायाको जीवन रक्षाको माग गर्दै मानव अधिकारकर्मीको प्रदर्शन
काठमाडौं । वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै मानवअधिकारकर्मीहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
छोराका कृष्णप्रसाद अधिकारीका लागि न्याय तथा उनका हत्यारालाई कारवाहीको मागसहित ५१ दिनदेखि अनशनरत अधिकारीको जीवन रक्षा तथा न्यायका लागि मानवअधिकारकर्मीले प्रदर्शन गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा मानवअधिकारकर्मीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् ।
गत पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा पुनः अनशनमा बसेकी गंगामायाको न्यायका लागि नागरिक ऐक्यवद्धता प्रस्तुत गर्न नेपाल मानवअधिकार संगठनको आह्वानमा धर्ना गरिएको हो ।
उनीहरुले ‘गंगामायाको जीवन रक्षा गरे,’ ‘दोषीमाथि कारबाही गरे,’ ‘दण्डहीनताको अन्त्य गरे,’ ‘गंगामायाको न्यायका लागि नागरिक ऐक्यबद्धता’ लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया