निर्वाचन आयोगपछि प्रधानमन्त्री ओली सिँधै राष्ट्रपति निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । मंगलबार बिहान निर्वाचन आयोगमा १ घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेको सुरक्षा स्रोतले जानकारी दियो ।
निर्वाचन आयोगसँगको छलफलपछि प्रधानमन्त्री सिधै राष्ट्रपतिलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ।
निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले निवार्चनको तयारीबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन आयोगसँग आग्रह गरेको जानकारी दिए ।
‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो’, छलफलपछि पत्रकारसँग सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनुभएको छ।’

प्रतिक्रिया