शुक्रबार, माघ ११, २०८१

महिला लिग फुटबल : आर्मीसँग वालिङ २-० अन्तरले पराजित

नेपालखोज २०७७ माघ २७ गते १५:०७

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

Advertisement

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको मङ्गलवारको पहिलो खेलमा आर्मीले वालिङलाई दुई–शून्यले हराएको हो । आर्मीको जितमा शर्मिला थापाले र विमला चौधरीले एकरएक गोल गरे । शर्मिलाले खेलको पहिलो मिनेटमै गोल गर्दा विमलाले ४३ औँ मिनेटमा गोल गरिन् ।

जितसँगै आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एपीएफको सात खेलमा २१ अङ्क छ । वालिङ आठ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया