कार्यक्रम बन्द गर्न मञ्चबाटै ऋषि धमलालाई नारायण काजीको चेतावनी
नेपालखोज
२०७७ माघ २८ गते १५:३३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल प्रवक्ता नारायनकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई कार्यक्रम बन्द गर्न चेतावनी दिएका छन् । राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको सभामलाई सम्बोधन गर्ने क्रममा मञ्चबाटै कार्यक्रम बन्द गर्ने चेतावनी दिएका हुन् ।
उनले भने ‘पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं । त्यसैले तपाईंहरू चुप लाग्नुस। सुन्नुभो? धमलाजी तपाई अर्को कार्यक्रम नगर्नुस् । चुप लाग्नुस्’, श्रेष्ठले भने’ ‘धमलाजीले राम्रै काम गरिरहनु भएको थियो । जनसमुदायको अन्तर्वार्ता लिइरहनु भएको थियो । तर, यो काम पछि गर्नुहोला ।’
बुधबार प्रचण्ड नेपाल समूहको विरोध कार्यक्रम भइरहेका बेला पत्रकार ऋषि धमला कार्यक्रममा सहभागी कार्यक्रता तथा आम नागरिकसँग धारणा बुझ्ने काम गरिरहेका थिए ।
सम्बन्धित

प्रतिक्रिया