सोमबार, मंसिर १७, २०८१

सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

नेपालखोज २०७७ माघ २८ गते १६:०७

काठमाडौं । सनराईज बैंकले प्रमुख कार्यकारी अधिकृतको पदमा शुुमन शर्मालाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितीको बुधबार बसेको बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि बैंकको प्रमुुख कार्यकारी अधिकृतको जनक शर्मा पौड्याल रहेका थिए । उनले यही माघ २७ गते राजीनामा दिए पश्चात बैंकले शर्मालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । शर्मालाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारीमा नियुक्त बैंकले जानकारी दिएको छ ।

झण्डै तीन दशकको बैकिङ अनुभव सम्हालेका शर्मा यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । शर्मासंग एनएमबी बैंक, ग्लोवल आईएमई बैंक, नेपाल एसबिआई बैंक आदिमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया