सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इटहरी सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति इटहरी–१७ मा सवारी दुर्घटना हुँदा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ भने अन्य दुईजना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया