शनिबार, वैशाख १३, २०८२

चित्रा पौड्याल कोइरालाको दुई पुस्तक सार्वजनिक

नेपालखोज २०७७ माघ २९ गते १४:०९

बिर्तामोड । साहित्यकार चित्रा पौड्याल कोइरालाको दुई पुस्तक सार्वजनिक भएको छ । साहित्यकार पौड्यालले आफ्नो जन्मदिनको अवसर पारेर कृति सार्वजनिक गरेकी हुन् ।

लेखक चित्रा कोइरालाले अमेरिकादेखि आएर लकडाउनको समय सदुपयोग गर्दै तयार पारेको दुई पुस्तक मुक्तकसंग्रह ‘शंखनाद’ र कवितासंग्रह ‘श्वेत शिखर’ आफ्ना मातापिताका हातबाट विमोचन गराएकी हुन् ।

लोकनाथ-हेमकला पौड्याल ट्रस्ट, अर्जुनधारा झापाको आयोजनामा सम्पन्न कार्यक्रममा चित्रा पौड्याल कोइरालाले आफ्ना पिता शिक्षासेवी लोकनाथ पौड्याल र आमा हेमकला पौड्यालप्रति कृतज्ञता जनाउँदै मातापिताप्रति कृति समर्पित गरेको जनाइन् ।

उनले आफ्ना दुईवटा कृतिको बिक्रीबाट संकलित रकम झापाको अर्जुनधारा कप्तानबारीस्थित अपांग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ प्रदान गरिने जानकारी दिइन् ।

प्रतिक्रिया