रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपाको माग

नेपालखोज २०७७ माघ २९ गते १४:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरकुंश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

प्रतिक्रिया