मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु

नेपालखोज २०७७ माघ २९ गते १७:०४

काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

गल्छिबाट काठमाडौंतर्फ आँउदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग थाक्रे–८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको थियो ।

ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुरेश अधिकारी र बलराम अधिकारी रहेका छन् ।

ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएलगत्तै आगो लाग्दा मोटरसाइकमा सवार दुईजनाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।

प्रतिक्रिया