नेपालको ओमन एकदिवसीय सिरिज औपचारीक रुपमा स्थगित

काठमाडौं । आगामी चैत्रमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसिसी विश्वकप लिग-२ को खेल औपचारिक रुपमा स्थगित भएको छ । यस भ्रमण यसअघिनै स्थगित हुने पक्का हुँदा नेपाल क्रिकेट संघ (क्यान) ले भने शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत स्थगित भएको जनाएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम रहेको थियो ।
जसको लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा बिहिबार सकि सकेको छ । क्यानले बढ्दो कोभिड प्रभाव१९ प्रभाव, लामो क्वारेन्टाइन प्रावधान र विभिन्न देशबीच रहेको ट्राभल रेस्ट्रिक्सन लगायतका विभिन्न कारण देखाउँदै स्थगित भएको जनाएको छ ।
‘बढ्दो कोभिड १९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदी कारणहरुले तय भएका सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआन्जेल सम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।
यसअघि पनि कतारमा सिरिज खेल्न नेपाली टोलीको घोषणा भएर पनि पछि खेल स्थगित भएको थियो ।

प्रतिक्रिया