प्रचण्ड-नेपाल समूहले भोली भव्यताका साथ जनयुद्ध दिवस मनाउने

नेपालखोज २०७७ माघ ३० गते १५:०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएको छ । प्रचण्ड-नेपाल समूहको केन्द्रीय कार्यालयका सचिव गङ्गालाल तुलाधरले एक सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताका साथ मनाउन अनुरोध गरेका छन् ।

‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यताका साथ मनाउन पार्टीका जिल्ला कमिटीहरूलाई केन्द्रले अनुरोध गरेको छ ।

तत्कालीन नेकपा माओवादीले फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेका थिए । त्यसै अनुसार प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया