ताजकिस्तानमा शक्तिशाली भूकम्प, भारतमा पनि धक्का महशुस
नेपालखोज
२०७७ फागुन १ गते ७:५६

एजेन्सी । शुक्रबार राति ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । काशमिरलगायतका भारतको उत्तरी क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।
शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ताजकिस्तान केन्द्र बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पको धक्का भारतको काशमिर, पञ्जाव, दिल्लीलगायतका स्थानमा महशुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म केही पनि विवरणहरू प्राप्त नभएको बीबीसी हिन्दीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया