हङकङमा महिला कैदीको पनि कपाल काटेर छोटो पार्नैपर्ने नियम
नेपालखोज
२०७७ फागुन १ गते १३:५८

एजेन्सी । हङकङमा महिला कैदीको पनि कपाल काटेर छोटो पार्ने काम गर्न थालिएको छ ।
साउथ चाइना मर्निङ पोस्टले जनाए अनुसार समानताका लागि भन्दै विशेष मापदण्ड बनाएरै यहाँका महिला कैदीको पनि कपाल काट्न थालिएको हो ।
महिला तथा पुरुष दुवै कैदीलाई समान व्यवहार गर्नका लागि अदालतले महिलाको पनि कपाल काट्नुपर्ने हालै फैसाला गरेको हो।
यसअघि हङकङमा महिलाले जत्रो कपाल राखेपनि हुन्थ्यो तर पुरुषले कपाल छोटै राख्नुपर्थ्यो।
अबभने त्यहाँ महिलाले लामो कपाल राख्न पाउनेछैनन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार महिला कैदीको कपाल काखीसम्म मात्र लामो हुनेछ।
सम्बन्धित
प्रतिक्रिया