‘कहिलेसम्म योनीमा मृत्यु बोकेर हिँड्ने ?’
नेपालखोज
२०७७ फागुन १ गते १४:०९

काठमाडौं । बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

शनिबार दिउँसो पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजारदेखि माइतीघरसम्म विरोध जुलुसमा सहभागी थिए ।
जुलुसमा सहभागीहरुले आँखा र मुखमा कालोपट्टी बाँधेका थिए भने बलात्कार पीडित किशोरीको पीडालाई प्रतिकात्मक रुपमा प्रदर्शन गरेका थिए ।

उनीहरुले बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गरी पीडितलाई न्याय दिन माग गरेका छन् ।
जुलुसमा उनीहरुले कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेका थिए । यसका साथै उनीहरु अनुहारमा रंग समेत पोतेर प्रस्तुत भएका थिए ।

उनीहरुले ‘महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?’, ‘एम आई द नेक्स्ट ?’, ‘कहिलेसम्म योनीमा मृत्यु बोकेर हिँड्ने ?’ लगायतका विभिन्न नारालेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।


सम्बन्धित

प्रतिक्रिया