रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुईको मृत्यु, ६ जना घाइते

नेपालखोज २०७७ फागुन १ गते १६:१३

धादिङ । धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा शनिबार बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया