बुधबार, वैशाख १७, २०८२

सुनको जलहरी राख्न ६१ केजी सुन आइपुग्यो पशुपतिनाथमा

नेपालखोज २०७७ फागुन २ गते १२:१०


काठमाडौं । पशुपतिनाथमा सुनको जलहरी राख्नको लागि तयारी गरिएको पहिलो चरणको ६१ केजी सुन आइपुगेको छ । पशुपतिमा सुनको जलहरी राख्न यसरी सुन खरिद गरिएको हो ।

माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको स्तरोन्नतिका लागि ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । त्यसपछि सुनको जलहरी बनाउने तयारीमा कोष जुटेको हो ।

जलहरीका लागी १ सय ८ किलो सुन चाहिने कोषको दाबी छ । पहिलो चरणको ६१ किलो सुन आइसकेकोले दोस्रो चरणको सुन आएपछि काम सुरु गरिने जानकारी कोषले गराएको छ । सुनको जलहरी राख्ने काम ऐनविपरित रहेको भन्दै नागरिक समाजले विरोध जनाए पनि सो कार्यको लागि कोष भने निकै अघि बढिसकेको छ ।

प्रतिक्रिया