कोभिड-१९ का वावजुद पनि बीमा कम्पनीहरुले बढाए नाफा
काठमाडौं । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को वावजुद पनि बीमा कम्पनीहरुले खुद मुनाफा बढाउन सफल भएका छन् । कोभिड १९ का कारण अर्थतन्त्र कमजोर बनेको अवस्थामा सञ्चालनमा रहेका ४० मध्ये सबैजसो कम्पनीहरुले खुद मुनाफा बढका छन् ।
नेपाली बीमा क्षेत्रमा हाल जीवन बीमा तर्फ १९ वटा, निर्जिवन बीमा तर्फ २० वटा र पुर्नबीमा तर्फ एउटा कम्पनीहरुले बीमा कारोवार सञ्चालन गर्दे आएका छन् । ती मध्ये हालसम्म ३५ वटाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गरिसकेका छन् । यसरी बित्तीय बिवरण सार्वजनिक गर्ने कम्पनीहरु मध्येमा सबै भन्दा बढी नाफा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । नेपाली बीमा क्षेत्रमा सबैभन्दा बढी चुक्ता पुँजी भएको बीमा कम्पनीको रुपमा दर्ज भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी खुद मुनाफा आर्जनमा पनि सबै भन्दा अगाडि देखिएको छ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ४२ करोड ९७ लाख ८९ हजार पाँच सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३५ करोड नौ लाख १७ हजार चार सय ५७ रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २२ रुपैयाँ ९५ पैसा रहेको छ ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ४० लाख ५१ हजार एक सय २६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड १२ लाख ११ हजार नौ सय ४६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ३३ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी प्राईम लाईफ इन्स्योरन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ दुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटर्वथ भने एक सय ३१ रुपैयाँ ६१ पैसा रहेको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि चालु आवको दोस्रो त्रैमासमा १५ करोड दुई लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड ६५ लाख ८८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुंजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६६ रुपैयाँ ९४ पैसा रहेको छ ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले भने चालुु आवको पछिल्लो अवधिमा १० करोड ७८ लाख ७१ हजार तीन सय ६७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड ८९ लाख तीन सय ९७ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीले प्रति सेयर आम्दानी भने चालु आवको दोस्रो त्रैमासमा १४ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ एक सय ३४ रुपैयाँ ८१ पैसा रहेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ४२ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड ६९ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ६१ रुपैयाँ ६५ पैसा रहेको छ ।
चालु आवको दोस्रो त्रैमासमा युनाईटेड इन्स्योरेन्स कम्पनीले भने दुई करोड ७४ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड दुई लाख ५९ हजार रुपैयाँ रहेको थियो । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा चार करोड ६ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ३१ लाख ८२ हजार रुपैयाँ रहेको थियो । सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा २० करोड १२ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड १९ लाख ७४ हजार रुपैयाँ रहेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड १६ लाख चार हजार रुपैयाँ रहेको थियो । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ६४ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड ४० लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ६५ लाख ६६ हजार रुपैयाँ रहेको थियो । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १७ करोड ६० लाख ५४ हजार सात सय ६६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड १३ लाख ९७ हजार छ सय ४२ रुपैयाँ रहेको थियो । नेपाल इन्स्योरेन्स कम्पनीले भने चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा आठ करोड ७४ लाख ४७ हजार रुपैयाँ रहेको थियो । चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तिय बिवरण सार्वजनिक गर्ने यि बाहेकका अन्य कम्पनीहरुको खुद मुनाफा पनि सुखद देखिएको छ ।
बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कमाएको नाफा (रकम रु हजारमा)


प्रतिक्रिया