भारतमा कु नामक यापले ट्वीटर फ्लप हुने संभावना
नेपालखोज
२०७७ फागुन २ गते १४:२८

एजेन्सी । भारतमा भारतीय सरकार र सामाजिक सञ्जाल ट्विटरबीच विवाद चर्किएपछि कू नामक याप प्रयोगमा आएको छ ।
हरेक दिन भारतमा एक लाखभन्दा बढी नयाँ मानिस कू यापलाई डाउनलोड गरिरहेका छन् ।
कस नामक यापलाई सामान्य मान्छेले मात्र नभई केन्द्रीय मन्त्री पीयूष गोयल, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, बलिउड अभिनेत्री कंगना रनावत लगायतले याप डाउनलोड र प्रयोग गरेर ट्वीटरलाई सच्चिन आग्रह गरेका छन् ।
कू यापका सहसंस्थापक ए राधाकृष्णले ठूलो संख्यामा मानिसहरू केहि दिनयता आफ्नो यापमा जोडिएकोमा खुशी व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया