प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन घोषणा, ६ गते टूँडिखेल घेर्ने
नेपालखोज
२०७७ फागुन २ गते १४:३४

काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले फागुन ६ गतेदेखि चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
आइतबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
प्रचण्ड–नेपाल समूहले फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टूँडिखेल घेर्ने घोषणा गरेको छ । त्यस्तै ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने उक्त समूहले जनाएको छ ।
यसअघि प्रचण्ड–नेपाल समूहले दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया