नयाँ पार्टी गठनको तयारीमा हृदयेश त्रिपाठी

नेपालखोज २०७७ फागुन ३ गते १३:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आफू नयाँ पार्टी गठनको तयारीमा रहेको बताएका छन् ।

पश्चिम नवलपरासी क्षेत्र नं १ बाट २०७४ मा सूर्य चिन्ह लिएर निर्वाचन जितेका त्रिपाठीले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै आफू नयाँ पार्टी गठनको तयारीमा रहेको बताएका हुन् ।

स्वतन्त्र समूहलाई छिट्टै पार्टीमा रूपान्तरण गर्ने र नयाँ पार्टीलाई वाम पार्टीसँग तालमेल गर्ने योजना रहेको मन्त्री त्रिपाठीले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र, राजकीय सत्ता र सर्वभौमसत्ता जनतामा निहित हुनुपर्ने, संविधानको प्रस्तावनामा लेखिएको सबै प्रकारका विभेदको अन्त्यलगायतमा आफ्नो पार्टीको प्रतिवद्धता रहने त्रिपाठीले बताए । वर्गीय हिसाबले किसानमा आधारित पार्टी हुने साना व्यवयासायीको प्रतिनिधित्व, तिनको हित र विचारको प्रतिनिधित्व हुने समेत उनको भनाइ छ ।

साथै उनले विगतका निर्वाचनमा वा गठबन्धनसँग तालमेल गरेको पहिलो प्राथमिकता वामहरुसँग सकार्य गर्ने रहेको बताए । यसका लागि दल गठन भएपछि मात्रै कोसँग सहकार्य गर्ने भन्ने टुंगो लाग्ने उनले बताए ।

प्रतिक्रिया