राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

नेपालखोज २०७७ फागुन ३ गते १३:२७


काठमाडौं, ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई वटा खेलहरु हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुनेछ । विभागीय डर्बी खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।


यस्तै आज नै हुने अर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुने राष्ट्रिय महिला लिगले जनाएको छ।

प्रतिक्रिया