बुधबार, जेठ १, २०८२

नक्कली डाक्टर बनी बिरामीको पूर्जीमा हस्ताक्षर

नेपालखोज २०७७ फागुन ३ गते १३:४८

काठमाडौं । नक्कली डाक्टर बनेर बिरामीको पूर्जीमा हस्ताक्षर गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।


केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी टोलीले अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्वर ८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई नियन्त्रणमा लिएको हो।

नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनु पर्ने हुन्छ। तर पन्थीले गत असोज ६ गते डाक्टर जितेन्द्र शर्मा लखेर सहि छाप गरेको प्रहरीले जानकारी दिएको छ।

सो घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया