वर्तमान सरकारलाई ‘जनता मरुन्, बाँचून्’ कुनै मतलब छैन : देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘जनता मरुन्, बाँचून्’ कुनै मतलब नभएको बताएका छन् ।
तेस्रो चरणको अन्तिम कार्यक्रमअन्तर्गत सोमबार रुपन्देहीको भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेकपाको झगडाको तमासा हेर्न फुर्सद नभएको सभापति देउवाले बताए ।
अहिले मुलुक गम्भीर अवस्थामा पुगेको बताउँदै कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको उनको भनाई छ ।
‘हामीलाई राजाले निकै दुःख दिए, कम्युनिष्टलाई राजाले हुर्काएका हुन् । अहिले यिनै कम्युनिष्ट राजा बने,’ उनले भने–‘जुलुस हेरेर निर्णय गर्ने होइन । अदालतको निर्णय हामीलाई मान्य छ । अदालतभन्दा ठूलो अदालत जनता हुन् ।’
‘अदालतको निर्णय कुरौँ, अनि पार्टीले के गर्ने तय गरौँला भनेको हुँ । यस्तोभन्दा हाम्रा साथीहरु कोही के कोही के भनिरहेका छन्,’ उनले अगाडि थप्दै भने–‘संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने हो, तर आयोगलाई चासो नै छन । किन आयोगले चुनावको कार्यतालिका ल्याउँदैन, शंका गर्ने बेला आएको छ । अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्ने हो ।’

प्रतिक्रिया