हुण्डी कारोवारमा संलग्न १४ जना पक्राउ पर्दा दुई करोड ४१ लाख बरामद

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो तीन महिनाको अवधिमा समानान्तर बैंकिङ अर्थात अवैध हुुण्डी कारोवार गर्ने १४ जना पक्राउ पर्दा दुई करोड ४२ लाख ७४ हजार रुपैैयाँ बरामद भएको छ । पक्राउ परेका सबै व्यक्तिहरुलाई आवस्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोक पठाईएको महानगनरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिएकाछन ।
यस्तै सोही अवधिमा तीन सय ७४ जना फरार प्रतिवादीहरु पक्राउ परेकाछन । प्रवक्ता बस्नेतका अनुसार अदालतवाट भएको फैसला कार्यान्वयन गर्न विशेष प्राथमिकता राखी परिसर तथा मातहत वृत्त र प्रभागहरुमा जिम्मेवार दिई फरार प्रतिवादीहरुलाई पक्राउ गरी कार्यान्वयन गर्न अभियान चलाएदेखी तीन महिनामामा तीन सय ७४ पक्राउ गरी अदालतमा वुझाएको हो ।
यसैगरी भन्सार छलीका सामान बरामदतर्फ तीन महिनाको अवधिमा मोवाईलतर्फ चार सय ५७ थान, मोवाईल व्याट्रीतर्फत २६ सय १० थान, कुुर्था सुरुवाल तर्फ ४८ थान, टर्चलाईट तर्फ चार सय थान, स्पिकरतर्फ २४ थान बरामद भएको छ । यि सबैको जम्मा मुल्य ४९ लाख ६२ हजार नौ सय रुपैयाँ रहेको प्रवक्ता बस्नेतले जानकारी दिएकाछन् ।
यसैगरी लागुऔषधतर्फ ४८ जनालाई पक्राउ गरिएको पनि प्रवक्ता बस्नेतले जानकारी दिएकाछन । प्रवक्ता बस्नेतका अनुसार मोवाईल हराएको उजुरी अनुसार खोज तलास गरी तीन महिनामा महानगरीय प्रहरी परिसरवाट आठ सय १२ थान मोवाईल फेला पारी सम्वन्धित मोवाईल धनि वुझाएको छ ।

प्रतिक्रिया