नेपालको रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको बताएका छन् । रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशय पत्र समेत बुझाइएको छ ।

भेटमा मन्त्री नेम्बाङ्गले दुई देश बीच सम्बन्ध सुमधुर रहेको बताए ।
काठमाडौको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै हाल मेट्रो रेलको रेखाङ्कन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिपोर्ट ९डिपीआर० समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए ।

उनले रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उल्लेख गरे ।
रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुगा हुने रसियन प्रतिनीधि मण्डलल उल्लेख गरेका छन् । पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनीधि मण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

भेटमा द्विपक्षिय हित तथा पारस्पिरिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट बारे समेत छलफल भएको थियो ।
प्रतिक्रिया