निशान म्यागनाईट फागुन १० मा नेपालमा सार्वजनिक हुने
काठमाडौं । नेपालको लागि निशान गाडीका अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनि पायोनियर मोटो कर्प प्रा.लि.ले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ । नयाँ म्यागनाईट गाडि देशभरका सोरुमहरुमा उपलब्ध गराईने हुदाँ ग्राहकहरुले भारतबाट प्रेरित जापानमा बनाईएको एसयुभी गाडिको अनुभुति लिन सक्नेछन ।
मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ–निशान म्याग्नाइटको लन्च निशान गाडीको नेपाल बजार र कम्पनीका मुल्यवान ग्राहकहरु प्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक रक्यारिज्म्याटिक एसयूभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समय देखी प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने छ ।
निशानले आफ्नो उत्पादकत्वको बिकास गर्दैएसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको छ । त्यसो गर्ने पहिलो अन्तराष्ट्रिय बजार नेपाल भएको छ । २०२० एक महत्वपूर्ण वर्षको रूपमा लिईएकाले, भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चहाना रहेको छ ।
नयाँ निशान म्याग्नाइट निशान नेक्स्ट रणनितिको लागि महत्त्वपूर्ण हुनेछ। निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्याग्नाइट विश्व बजारको लागि भारतमा निर्मित गाडि हो ।
नेपाल बजारलाई सधैं उच्च प्राथमिकतामा राखेका बताउँदै उनले कम्पनीको नयाँ निशान म्याग्नाइट पहिलो उत्पादन नेपालको बजार बृद्दिको लागि दिगो साझेदार हुने बताए । नेपाल भारतपछि निशान म्याग्नाइट लन्च गरिएको पहिलो अन्तर्राष्ट्रिय बजार भएको पनि कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया