आइतबार, जेठ ६, २०८१

रुद्राक्ष धारण !

नेपालखोज २०७८ भदौ २५ गते ५:००

यो पद्धतिमा दानाको संख्याको चयन व्यक्तिको नियति अंकमा निर्भर रहन्छ । यो अंकको सम्बन्ध ग्रहसँग जोडेर सबैभन्दा उचित दानाको निर्णय गरिन्छ । जन्मांकको महत्त्व जुन प्रकारले प्रत्येक व्यक्तिको जीवनको विभिन्न क्षेत्रमा व्याप्त छ त्यसरी नै भक्ति आराधनाको क्षेत्रमा पनि यसको विशिष्ट स्थान छ ।

जन्मांकको १
एकमुखी, तीनमुखी, एघारमुखी र चौधमुखी रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।

जन्मांकको २
दुईमुखी तथा सप्तमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

जन्मांकको ३
चारमुखी तथा दशमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

जन्मांकको ४
एकमुखी, आठमुखी, नौमुखी तथा तेह्रमुखी रुद्राक्ष धारण गर्ने ।

जन्मांकको ५
एकमुखी, पाँचमुखी, एघारमुखी तथा बाह्रमुखी रुद्राक्ष धारण गर्ने

जन्मांकको ६
छमुखी, आठमुखी तथा तेह्रमुखी रुद्राक्ष धारण गर्ने

जन्मांकको ७
दुईमुखी तथा सातमुखी रुद्राक्ष धारण गर्नु उचित हुन्छ ।

जन्मांकको ८
पाँचमुखी, नौमुखी, तेह्रमुखी तथा चौधमुखी रुद्राक्ष धारण गर्ने ।

जन्मांकको ९
तीनमुखी, सातमुखी, एघारमुखी तथा चौधमुखी रुद्राक्ष धारण गर्ने ।

न्यायलयमा काम गर्ने व्यक्तिहरुले एक, चौध तथा मुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिहरुले आठ, एघार, बाह्र तथा तेह्रमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

चिकित्सा क्षेत्रमा काम गर्नेहरुले तीन, चार, नौ, दश, एघार, बाह्र तथा चौधमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

शिक्षा क्षेत्र अथवा अध्यापकहरुले ६ तथा चौधमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

जमिन-जायदादको खरिद-बिक्रीमा लागेकाहरुका लागि एक, दश तथा चौधमुखी रुद्राक्ष उपयुक्त हुन्छ ।

उद्योगपतिका लागि बार तथा चौधमुखी रुद्राक्ष ।

बालबालिका एवं विद्यार्थीहरुले गणेश रुद्राक्ष धारण गर्नुपर्छ ।
(साधना-सिद्धि विज्ञानको नेपाली रुपान्तर)

प्रतिक्रिया