शुक्रबार, वैशाख २१, २०८१

भ्याक्सिन लगाएका कारण राजीनामा दिन बाध्य

नेपालखोज २०७७ फागुन ४ गते ११:४२

काठमाडौँ । पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे कोभिड भ्याक्सिन लगाएका कारण राजीनामा दिन बाध्य हुनुपरेको छ ।

उनले आइतबार आफूले ‘देशमा सरकारी खोप अभियान सुरू हुनुभन्दा पहिले र क्लिनिकल ट्रायलभन्दा बाहिर आफूले कोभिडको खोप लगाएको’ स्वीकार गरेकी छिन् । एलिजाबेथका अनुसार उनले जनवरीमा चिनियाँ कम्पनी सिनोफार्मको भ्याक्सिन लगाएकी थिइन् ।

प्रतिक्रिया