आइतबार, वैशाख २३, २०८१

ढुंगाले हानेर श्रीमतीको हत्या

नेपालखोज २०७७ फागुन ४ गते १३:०३

झापा । भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर-७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो ढुंगाले हानेका थिए ।

साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई टाउकामा ढुंगाले हानेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

पक्राउ परेका श्रीमानले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार मदिराको विषयमा श्रीमान/श्रीमतीबीच विवाद भएको थियो।

प्रतिक्रिया