शुक्रबार, चैत १६, २०८०

दिया मिर्जाका विवाहका तस्बिरहरु, प्रशंसकले गरे शब्दगुच्छाले स्वागत

नेपालखोज २०७७ फागुन ४ गते १३:०८


एजेन्सी । भारतकी नायिका दिया मिर्जाले हिजो १५ फेब्रुअरी सोमबारको दिन व्यापारी वैभव रेखीसँग दोस्रो विवाह गरिन् ।

विवाहपछि दुलहीको पहिरनमा उनका विभिन्न तस्बिरहरु भारतीय सञ्चारमाध्यममा छाएका छन् ।

विवाहमा बनारसी साडीमा सजिएकी दियाका तस्बिरहरु निकै रुचाइएका छन् ।

उनलाई दोस्रो पटक विवाहमा बाँधिदा कतिपयले नकारात्मक टिप्पणी गरे पनि उनका प्रशंसकहरुले बधाईका शब्दगुच्छा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।

वैष्णव रेखीलाई पनि बधाई दिनेको कमी छैन ।

प्रतिक्रिया