सरस्वती पूजाको विषयलाई लिएर नेकपाका विद्यार्थीबीच आरआरमा हानाहान, एक जनाको दाँत भाँचियो
नेपालखोज
२०७७ फागुन ४ गते १६:०१
काठमाडौं ।आरआर क्याम्पसमा सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड माधव समूहका विद्यार्थीबीच कुटाकुट भएको छ ।
सरस्वती पूजाको नेतृत्को विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई समूहका विद्यार्थी बीच आरआर क्याम्पसमा हानाहान भएको हो ।
प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी सो हानाहानमा परी घाइते भएका छन् । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको छ भने एक विद्यार्थीको दाँतसमेत भाँचिएको छ ।
सम्बन्धित
प्रतिक्रिया